Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


जापान जाने नेपाली फुटबल टोलीको बिदाइ, जापानमा ५ अभ्यास खेल खेल्ने


0
Shares

टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी शुभकामनासहित बिदाइ गरेको छ ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, नेपालका लागि जापानी राजदूत मासाशी ओगावा, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतका पदाधिकारीहरुले टोलीको बिदाइ गरेका हुन् ।

नेपाली टोलीले जापानमा रहँदा त्यहाँको विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग पाँचओटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

एसियन कप छनोटको तेस्रो खेलमा नेपालले आगामी भदौमा ताजकिस्तानको सामना गर्दैैछ ।

भदौ २० गते काठमाडौंमा हुने सोही खेलको तयारीस्वरुप नेपालले जापान भ्रमण गर्न लागेको हो । अघिल्ला दुईमध्ये एक खेल बराबरी र अर्कोमा हार व्यहोरेको नेपाल समूह ‘एफ’को तेस्रो स्थानमा छ ।

नेपालको १ अंक छ भने लगातार दुई खेल जित्दै ६ अंक जोडेको फिलिपिन्स शीर्षस्थानमा तथा ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजकिस्तान भने अंकविहीन छ ।