
प्रतीक्षा खनाल र कबिर महर्जन (इमेज)
काठमाडौं, माघ ९ । मंगलबारदेखि देशभर मौसम बदली भइ वर्षा भइरहेको छ ।
यो वर्षा पश्चिमी वायुको प्रभावले भएको मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।
पश्चिमी न्यूनचापीय प्रणाली तथा अरब सागरबाट आएको दक्षिण–पश्चिमी वायुको प्रभावले मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिउँदमा हुने वर्षा यही पश्चिमी वायुको प्रभावले हुने र यो प्रभाव सामान्यतया ३/४ दिनसम्म रहने मौसमविद्को भनाइ छ ।
विज्ञकाअनुसार पश्चिमी वायु पश्चिमबाट पूर्वतर्फ बहने हुँदा देशको पश्चिमी भू–भागमा वर्षा र हिमपातको अनुपात मध्य र पूर्वीय भू–भागभन्दा तुलनात्मकरुपमा बढी रहन्छ ।
देशभर वर्षाका साथै हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान छ ।
मौसमविद्काअनुसार बिहीबार मौसममा सुधार आएतापनि शुक्रबार र शनिबार मौसम पुनः बदली भइ वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्