१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


जिसस कालीकोटमा माओवादी केन्द्र विजयी


0
Shares

बिहीबार भएको मतदानमा समितिको प्रमुखमा अनिपाल शाहीले ११ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर शाहीले ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत केशवराज पाण्डेले बताए ।

त्यसैगरी, उपप्रमुखमा लक्ष्मी विष्ट (नेपाली) विजयी भएकी छन् भने सदस्यमा अनन्त विश्वकर्मा, ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर शाही, पान्का दमाई, कमला जैसी र वृख शाही विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । रासस