एमालेमा प्रवेश गर्नेहरुलाई बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गर्नेक्रममा उनले भरतपुर महानगरपालिकाको निर्वाचनप्रति संकेत गर्दै ‘माओवादी केन्द्र आफ्ना सन्तानको भरणपोषण गर्ने नातावादबाट ग्रस्त समूह हो’–भने ।
अध्यक्ष ओलीले प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे ।
एमाले मूलधारको बामपन्थी पार्टीमात्रै नभइ देशको स्वाभिमान जोगाउन सक्षम एकमात्र पार्टी भएको दाबी पनि उनले गरे ।
सो अवसरमा अध्यक्ष ओलीले माओवादी केन्द्रलगायतका पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने ३०० भन्दा बढीलाई स्वागत गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्