Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


नेप्से ८ अंक बढीले ओरालो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंक बढीले ओरालो लागेर १६ सय ५२ मा आइपुग्यो ।

उत्पादनमूलक र वित्तबाहेक अरु सबै समूह ऋणात्मक रहे । बिमा र विकास बैंक समूह दोहोरो अंकले झरे भने अरु सामान्य अंकले ऋणात्मक रहे । उत्पादनमूलक समूह १६ अंकले उकालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६१ कम्पनीको २० लाख बराबर कित्ता सेयर ९३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।