Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेपाल–युएई क्रिकेटः विजेताले तीन लाख बढी रुपैयाँ जित्ने


0
Shares

काठमाडौं, माघ ९ । नेपाल र युएईबीच शुक्रबारदेखि हुने एकदिवसीय र ट्वेन्टी–२० क्रिकेट शृंखलालाई युएई क्रिकेर्ट बोर्डको आधिकारिक बिमा कम्पनी एएनआइबीले प्रायोजन गरेको छ ।

बोर्डले आफ्नो आधिकारिक ट्वीटर ‘ह्यान्डल’मा गरेको पोस्टअनुसार एएनआइबीसँग सम्झौता गर्दै शृंखला विजेताले १० हजार दिराम अर्थात् तीन लाख बढी नेपाली रुपैयाँ पाउनेछ ।

यो सम्झौतापछि शृंखलाको नाम ‘एएनआइबी च्यालेन्ज’ भएको छ ।

नेपालले युएईसित माघ ११ देखि १४ सम्म तीनओटा एकदिवसीय र त्यसपछि तीनओटा टी–२० खेल खेल्नेछ ।

नेपाली टोली मंगलबारै युएई गइसकेको छ ।

ब्रान्ड एम्बेसडर नियुक्त

यसैबीच, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकर रुस्लानको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।

पारस पहिलोपटक रुस्लानको ब्रान्ड एम्बेसडर बनेका हुन् भने ज्ञानेन्द्र र शरद केही वर्षदेखि रुस्लानसँग जोडिएका हुन् ।