
डम्मर बुढामगर (इमेज)
बागलुङ, माघ ९ । मंगलबार बिहानैदेखि पानी परेसँगै बागलुङका उच्च पहाडी क्षेत्रहरुमा भारी हिमपात भएको छ ।
बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्र, निसीको तिलाचन क्षेत्र, तमानखोलाको दुरलेकलगायतका क्षेत्रहरुमा भारी हिमपात भएको जनाइएको छ ।
हिमपातले डाँडाहरु सेताम्य बनेका छन् । स्थानीको जनजीवन प्रभावित भएको छ ।
हिउँले ढोरपाटन उपत्यका सेताम्मे बनेको ढोरपाटन नगरपालिका–९ का स्थानीय तमबहादुर घर्तीमगरले बताए ।
हिमपातका कारण स्थानीय बासिन्दाहरु घरदेखि बाहिर निस्कन सकेका छैनन् ।
ढोरपाटन हिँडेका पर्यटकहरु बुर्तिबाङ बजारमै रोकिएका छन् ।
लामो समयसम्म वर्षा नहुँदा हिउँदेबाली बिग्रने चिन्तामा परेका किसानहरु भने हिमपात हुँदा खुसी भएका छन् ।
ढोरपाटनमा यसअघि गएको पुस २२ गते राति यस वर्षको पहिलो भारी हिमपात भएको थियो ।
प्रतिक्रिया दिनुहोस्