
भक्तपुर, माघ ९ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ९३९० नम्बरको बसले ठक्कर दिँदा बुधबार एक महिलाको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–५, कटुञ्जे, सिर्जनानगरमा बसबाट ओर्लेनेक्रममा सोही बसको ठक्करबाट ओखलढुंगा, ज्यामिरे–२ घर भइ हाल भक्तपुर, कटुञ्जे, प्रगतिचोक बस्ने ४० वर्षीय प्रतिमा वाग्ले बानियाँको मृत्यु भएको हो ।
ठक्करबाट घाइते बानियाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
बस र बसचालक दोलखा, भीमेश्वर नगरपालिका–६ घर भइ हाल भक्तपुर, ठिमी बस्ने २७ वर्षीय नवराज नेपाललाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्