Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


श्री एयरलाइन्सले उडान थाल्यो


0
Shares

चार महिनादेखि नेपाल ल्याइएका तीनओटा जहाजबाट शुक्रबारदेखि उडान सुरु गरेको हो ।

लामो समय अनुमति नपाएको एयरलाइन्सलाई नेपाल उड्डयन प्राधिकरणले विहीवारमात्र वायुसेवा सन्चालन तथा अनुमति प्रमाणपत्र दिएको थियो ।

१८ वर्षदेखि ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले तीनओटा जहाज नेपाल ल्याएको छ ।

क्यानडाको जहाज निर्माता कम्पनी बम्बार्डिइरद्वारा निर्मित ७० सिटको क्यानडियन रिजनल जेट (सीआरजे ७००) सिरिजको एकथान र ५० सिटे (सीआरजे २००) सिरिजका दुईथान जहाज ल्याएको एयरलाइन्सका प्रबन्ध निर्देशक सुधीर मित्तलले जानकारी दिए ।

एयरलाइन्सले शुक्रबारदेखि भैरहवा र नेपालगन्जमा उडान सुरु गरेको छ । भद्रपुर, विराटनगर धनगडीमा पनि छिटै नै उडान सुरु गर्ने एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले बताए ।

यी सबै जहाजमा जेट इन्जिन जडान गरिएको जनाइएको छ ।

भैरहवा उडानका लागि एकतर्फी प्रतियात्री करसहित ५ हजार ९१३ रुपैया र नेपालगन्जका लागि ९ हजार ३६५ रुपैयाँ भाडादर तोकिएको जनाइएको छ ।

श्री एयरलाइन्स एमआई १७ सिरिजका ठूला हेलिकोप्टर धेरै भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो निजी कम्पनी रहेको पनि कम्पनीको दाबी छ ।