२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


चट्याङ लागेर ६ जना घाइते


0
Shares

मुसिकोट, माघ ९ । रुकुम (पश्चिम)मा बुधबार बिहान चट्याङ लाग्दा ६ जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका–३, माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् ।

चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीकाअनुसार चट्याङ लागेर जीतबहादुरका २८ वर्षीया श्रीमती कमला खड्का ओली, उनका ११ वर्षीय छोरा चिन्तन र सात वर्षीय छोरा मनन घाइते भएका छन् ।

त्यस्तै, जीतबहादुरका भाइबुहारी २५ वर्षीया समिति ओली, ९ वर्षीया छोरी दुर्गा र सात वर्षीय छोरा दिपेश घाइते भएका छन् ।

चट्याङ लागेका घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

चट्याङ लाग्दा जीतबहादुरको चारकोठे घरको तीनकोठा पूर्णरूपमा क्षति भएको बताइएको छ । रासस