२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


मनाङमा भारी हिमपात, जनजीवन प्रभावित


0
Shares

लमजुङ । हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । हिजो दिउँसोदेखि लगातार हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

सदरमुकाम चामेसहित तिमाङ, दानाक्यु, माथिल्लो क्षेत्रको मनाङ, पिसाङ, हुम्डे, थोराङला, घ्यारु, ङावल, हुम्डे, तिलिचोसहित नारफूलगायतका क्षेत्रमा हिमपात भएको हो ।

मनाङको तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

मनाङ पुग्ने पर्यटकसमेत हिमपातका कारण अलपत्र परेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कर्मचारी ब्रिज गुरुङले हिमपातका कारण पर्यटकहरु गन्तब्यमा जान रोकिएको बताए ।

अत्यधिक चिसोले साना–साना खोलासमेत जमेका छन् भने धारामा पानी झर्न सकेको छैन ।

केही दिन अघिसम्म हिउँ पग्लेर काला देखिएका मनाङ र लमजुङका हिमाल हिउँले ढाकिएका छन् । हिमपात भएपछि किसान भने खुसी देखिएका छन् ।