
बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताललगायत सरकारी कार्यालयसमेत डुबानमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार मध्यरातमा रिउ खोलाको बहाव ५ दशमलव १० विन्दुमा पुगेपछि स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान भनिएको छ ।
राति डुबानमा परेका घरबाट स्थानीयवासी अग्ला ठाउँमा गएर सुरक्षित रहेको उनले जानकारी दिए ।
माडी नगरपालिका वडा नम्बर–१, २, ४ र ६ का पूरै तथा वडा नम्बर–३ र ४ का केही भाग डुबानमा परेका छन् ।
बाढीले कुन्तीपुरमा दुई कच्ची घर ढलाएको तथा घरका खाद्यान्न, लत्ताकपडालगायत सामग्रीमा क्षति पुर्याएको छ । ठूलो मात्रामा धानखेत डुबाएको स्थानीयवासीले बताएका छन् ।
माडी–ठोरी हुलाकीसडक अवरुद्ध
वडा नम्बर–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलकाअनुसार माडी–ठोरी हुलाकीसडकको चितई खोलाको पुल बाढीले ढल्काएपछि सो सडक अवरुद्ध भएको छ ।
त्यसैगरी, बरुवा बजारबाट लक्ष्मुनिया क्षेत्र जाने डांग्रे खोलाको पुलपनि बाढीले क्षति पुर्याएपछि सो सडक पनि अवरुद्ध बनेको उनले बताए ।
ती ठाउँमा मानवीय र पशु चौपायाको कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विस्तृत् विवरण संकलन भइरहेको छ ।
डुबानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, स्थानीयवासीसहित निकुञ्जका सात हात्ती उद्धारमा परिचालन गरिएको छ ।
जिल्लाबाट प्रजिअ नारायणप्रसाद भट्ट, सुरक्षा निकायका प्रमुखसहितको टोली बिहान डुबानस्थलतर्फ प्रस्थान गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्