Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सामूहिक तरकारी खेतीबाट लाखौं आम्दानी (भिडियो)


0
Shares

उनीहरुले तरकारी खेतीमात्र गरेका छैनन्, वार्षिक लाखौंको आम्दानीसमेत गर्न सफल भएका छन् ।

यहाँका महिलाहरुलाई तरकारी लगाउन र फलेपछि बेच्न भ्याइ–नभ्याइ छ ।

सहकारीका महिलाहरुले जग्गा भाडामा लिएर काउली, बन्दा, गोलभेडा, केराउ, काक्रो, बेसारलगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेको महिला कृषि सहकारी संस्थाकी सदस्य हरिमाया पोखरेल बताउँछिन् ।

हरिमाया पोखरेलजस्तै गोरखा, पालुङटार नगरपालिका खोप्लाङका महिला कृषि सहकारी संस्थाका सबै महिलाहरु सामूहिक तरकारी खेतीमा जुटेका छन् ।

११० जना आवद्ध खोप्लाङ महिला कृषि सहकारी संस्थाले गरेको सामूहिक तरकारी खेतीबाट वार्षिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको खोप्लाङ महिला कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा घिमिरेको भनाइ छ ।

भिडियो हेर्नुहोस्