Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


फुटबल खेलाडी चढेको विमान सम्पर्कविहीन


0
Shares

काठमाडौं । इङ्लिस प्रिमियर क्लब कार्डिफ सिटीका खेलाडी इमिलियानो साला चढेको विमान सम्पर्कविहीन भएको छ ।

२८ वर्षिय अर्जेन्टाईनी फुटबल खेलाडी साला चढेको विमान फ्रान्स र इङ्ल्यान्डको बीचमा पर्ने च्यानल आइल्याण्डमा हराएको हो ।

हालै फ्रेन्च क्लब नान्तेसबाट कार्डिफ सिटीमा आवद्ध भएका साला आफ्नो नयाँ क्लब कार्डिफ आउँदै गर्दा दुर्घटनामा परेको अनुमान गरिएको छ ।

उनी चढेको सानो निजी विमानमा अर्को एक जना पनि सवार रहेको बताइएको छ । कार्डिफ सिटीले गत शनिबार मात्रै उनलाई १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

स्थानीय खोजकर्ताले विमान दुर्घटनामा परेको आशंका गरे पनि अहिलेसम्म कुनै संकेत मिलेको छैन ।