२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


राष्ट्रिय परिचयपत्रको विवरण संकलन अन्तिम चरणमा


0
Shares

पाँचथर । पाँचथरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन र वितरणको काम दु्रत गतिमा अघि बढेको छ ।

जिल्लामा १ लाख १० हजार परिचयपत्र वितरण गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म ७६ हजार परिचयपत्रको विवरण संकलन भइसकेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।

उनका अनुसार अहिलेसम्म ६९ प्रतिशत काम सकिएको र अव दुई महिनाभित्रमा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम सकिने छ ।

अहिले २७ हजार परिचयपत्र कार्ड जिल्लामा वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

जुन केन्द्रबाट पहिल्यै विवरण संकलन गरिएको हो त्यसै केन्द्रबाट वितरण गरिने बताइएको छ ।

अहिले जिल्लाको तुम्बेवा गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम भइरहेको छ ।