२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु


0
Shares

काठमाडौं, माघ ९ । काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

काठमाडौंको सिनामंगलमा आज भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिनामंगल बस्दै आएकी उदयपुरको कटारी नगरपालिका ८ की १८ वर्षीया अनिमा कार्की छिन् । उनको उपचारको क्रममा सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा करिब पौने ८ बजे मृत्यु भएको हो ।

आज विहान साढे ६ बजे बा१९च ९६४५ नम्बरको भ्यानले कार्कीलाई ठक्कर दिएको थियो । ठक्कर दिने भ्यानसहित चालकलाई महानगरीय प्रहरी वृत गौशलाले नियन्त्रणमा लिएको छ । 

यस्तै, काठमाडौंको भाटभटेनीमा गएराति मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार काठमाडौंकै बसुन्धारा बस्ने बाराको कोहल्बी नगरपालिका १ का २३ वर्षीय श्रवण गुप्ता छन् । उनको उपचारको क्रममा महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय राजदेव चौधरीको भने सोही अस्पतालमै उपचार भइरहेको छ ।

भाटभटेनीबाट बालुवाटारतर्फ जाँदै गरेको बा३०प २६४८ नम्बरको मोटरसाइकल गएराति साढे ११ बजे अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल ढुङ्गेधारामा खसेको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ ।