Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


वर्षाका कारण विद्युत् आपूर्तिमा समस्या, मर्मत कार्य भइरहेकोले संयमता अपनाउन आग्रह


0
Shares

प्राधिकरणका अनुसार दुहबीस्थित १३२ केभी सबस्टेशन जलमग्न भएको छ भने अनारमनी–कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ ।

त्यस्तै, खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा समस्या पैदा भएको छ । हेटौँडा–चन्द्रनिगाहापुर–ढल्केबर प्रशारण लाइनमा ठूला रुख ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ ।

यसैगरी, मुलुकका अन्य स्थानमा रहेका सबस्टेशन तथा वितरण केन्द्रमा समेत पानीका कारण समस्या आएको भन्दै प्राधिकरणले विद्युत् आपूर्तिमा अवरोध पैदा भएको शनिबार (आज) साँझ एक सूचनामार्फत जानकारी दिएको छ ।

विगत केही दिनदेखि पूर्व तथा मध्य नेपालमा परेको अबिरल वर्षाका कारण प्राधिकरणको प्रशारण लाइन, सवस्टेशन तथा वितरण प्रणालीलगायतका संरचनामा ठूलो क्षति भएकाले विद्युत् वितरणमा समस्या आएकाले विद्युत् आपूर्तिमा समस्या आएकाले मर्मत कार्यमा विशेष ध्यान दिइएको जनाएको छ ।

युद्धस्तरमा मर्मत कार्य भइरहेको र यस कारणले गर्दा विद्युत् आपूर्तिमा पर्न गएको अवरोधले भएको असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ ।

छिटोभन्दा छिटो विद्युत् आपूर्तिका लागि कार्य भइरहेकाले संयमता अपनाउनसमेत प्राधिकरणले उपभोक्तामा आग्रह गरेको छ । रासस