७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


अमेरिकामा र्‍यालीको बीचबाटै कार गुडाइयो, एकजनाको मृत्यु, १९ घाइते


0
Shares

घटनामा १९ जना घाइते भएका छन् । अमेरिकी गृहयुद्धका बेला भएको गुलामी प्रथाको समर्थनमा लड्ने जनरलको मूर्ति हटाएको विरोधमा युनाइट द राइट नामबाट यो र्‍याली निकालिएको बताइएको छ ।

प्रहरीले र्‍यालीलाई अवैध घोषणा गरेको थियो । र्‍यालीको विरोध गर्नेहरुको भीडमा चलाइएको कार तत्काल नियन्त्रणमा लिइएको थियो ।

कार चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भीड नियन्त्रण गर्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

यसअघि र्‍याली निकालिरहेका गोरा नस्लवादी र उनीहरुका विरोधीबीच सडकमा हिंसात्मक झडप भएको थियो ।

राष्ट्रपति डोनल्ड ट्रम्पले हिंसाको आलोचना गर्नुभएको छ । स्थानीय प्रशासनले यो क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरेको छ ।(एजेन्सी)