काठमाडौं । दक्षिण कोरिया र कतार एसियन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको खेलमा दक्षिण कोरियाले बहराईनलाई २–१ ले हराउँदा कतारले ईराकलाई १–० ले पाखा लगायो ।
गएरातिका खेलपछि एसियन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनलका खेल भोलिबाट हुनेछन् ।
पहिलो दिन भियतनाम र जापान तथा चीन र ईरान भिड्नेछन् ।
यसैगरी क्वाटरफाइनलको दोस्रो दिन दक्षिण कोरिया र कतार तथा आयोजक युएई र अस्ट्रेलिया भिड्नेछन् ।








प्रतिक्रिया दिनुहोस्