
पहिलोपटक फोटोसहित नामावलीमा नाम दर्ता गराएपछि उनी अब हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।
काठमाडौँ बस्दै आएकी गोरखा तान्द्राङकी मायादेवी खनालले गोरखामा रहेको आफ्नो मतदाता नामावली यहाँ सारिन् ।
जाङ्गु र मायादेवीजस्ता मतदाता नामावलीमा नाम छुटेका, नामावली सार्ने र नामावलीमा त्रुटि भएकाले नाम दर्ता गराउने, नामावली सार्ने र त्रुटि सच्याउने कार्य गरिरहेका छन् ।
अहिले काठमाडौँमा रहेका तीन संकलन केन्द्रबाट आगामी सङ्घ र प्रदेश निर्वाचनका लागि देशभरिका मतदान गर्न योग्य नागरिकको नाम दर्ता, ठाउँ सार्ने र त्रुटि सच्याउने कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख चन्द्र गौतमले बताए ।
उनले ती ठाउँमा अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि भीड नै लाग्ने गरेको बताए ।
कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय, बबरमहलस्थित जिल्ला समन्वय समिति र राष्ट्रिय सभागृहमा मतदान नामावलीमा छुट भएका नागरिकले गई फोटोसहितको मतदाता परिचय पत्र बनाइरहेका छन् ।
तीबाहेक साउन १६ गतेदेखि काठमाडौँ जिल्लाका १० नगरपालिकाबाट मतदाता परिचय पत्र बनाइरहेका छन् ।
जिल्ला समन्वय समितिमा ११ वटा स्थान र सभागृहमा १० वटा स्थानमा फोटोसहितको नामावली संकलन गर्ने कार्य भइरहेको छ ।
बबरमहलस्थित संकलन केन्द्रमा खटिएका कार्यालयका अधिकृत शान्ति बोगटीले फोटोसहितको नामावली दर्ताका लागि सर्वसाधारणको भीड रहेको बताइन् ।
उनले दैनिक करिब एक हजार पाँचसय मतदाताको नाम दर्ता गर्ने कार्य भइरहेको बताइन् ।
केन्द्रमा १७ जना कर्मचारीले बिहान ७ देखि साँझ ६ बजेसम्म फोटोसहितको नामावली दर्ता गराउने गर्छन् ।
उनका अनुसार सबभन्दा बढी रामेछाप, सिन्धुली, सिन्धुपाञ्चोक, बारा, पर्सा, सर्लाही जिल्लाका अधिकांश मानिस मतदाता नामावलीमा नाम दर्ता गराउन आएका छन् ।
उनले दुईदेखि पाँच मिनेटभित्रमा फोटोसहितको नामावली दर्ता गराउने बताए ।
अहिलेसम्म काठमाडौँस्थित सो केन्द्रमा करिब ६० हजारले नाम दर्ता गराएका छन् ।
तीमध्ये ४२ हजार काठमाडौँ बाहिरका जिल्लाका रहेको गौतमले बताए । उनका अनुसार दुई हजार पाँचजनाको ठाउँसारी र पाँचसयजनाको त्रुटि सच्याउने काम सम्पन्न भएको छ ।
साउन १ गतेदेखि मसान्तसम्म केन्द्रबाट नामावली संकलन भइरहेको छ भने साउन १६ गतेदेखि भने देशभरिका स्थानीय तहबाट पनि नामावली संकलन गर्ने कार्य थालिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्