रसुवागढी भन्सार कार्यालयले बस्तुको मूल्यमा गरेको समायोजनका कारण एक महिनादेखि भन्सार नहुँदा नाका अस्तव्यस्त बन्दै गएको हो ।
चीनतर्फ भन्सार असुली कम गराए पनि नेपालतर्फ भने भन्सार असुली बढाउँदा समस्या भएको बताइएको छ ।
भन्सार नहुँदा केरुङबाट नेपालतर्फ सामान आयातमा कठिनाई भएको छ ।
भन्सार शुल्क निर्धारण गरेको मूल्यसूची नै साविकको भन्दा बढेपछि भन्सार शुल्क तिर्न कठिन भएको व्यापारी शैलेश पौडेलले बताए ।
भन्सार नहुँदा टिमुरेदेखि रसुवागढीसम्मको २ किलोमिटर सडक र यार्डमा कन्टेनरको लाम लागेको छ ।
करिब ५ सय कन्टेनर रोकिँदा ट्राफिक व्यवस्थापनमा कठिनाई भएको प्रहरीले जनाएको छ । जामका कारण त्यहाँ पुगेका पर्यटकसमेत प्रभावित भएका छन् ।










प्रतिक्रिया दिनुहोस्