७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


हजका लागि २० लाख तीर्थयात्री आउने साउदीको अपेक्षा


0
Shares

हजमा सहभागी हुनेमध्ये १७ लाख जना विदेशी मुस्लिम समुदायका नागरिक हुने ‘अल हायात’ नामक स्थानीय एक पत्रिकाले आइतबार लेखेको छ ।

गतवर्ष हजका लागि १८ लाखभन्दा बढी तीर्थयात्री आएकोमा अधिकांश विदेशी रहेका थिए । हज मेलाका लागि कामगर्न हज मन्त्रालयले ९५ हजार कर्मचारी खटाएको छ ।

हजका बेला विगतका कतिपय वर्ष रोगको प्रकोप फैलिने गरेको भएपनि यस वर्ष भने कुनै प्रकोप फैलिन नदिनेगरी व्यवस्थापन गरिएको स्वास्थ्यमन्त्रीले बताएका छन् । उनले विभिन्न उपाय अपनाउनेगरी तयारी भइरहेको र त्यसका लागि विश्व स्वास्थ्य संगठन र अन्य अन्तर्राष्ट्रिय संस्था तथा निकायसँग सहकार्य गर्न लागिएको पनि जानकारी दिए ।

मन्त्रालयले हज यात्रीका लागि लक्षित गरेर झन्डै ३३ लाख अमेरिकी डलरको औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको जनाएको छ । रासस/सिन्ह्वा