८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सभामुखबाट ‘रुलिङ’


0
Shares

काठमाडैं, असार १८ । सभामुख कृष्णबहादुर महराले संसदको विशेष र शून्य समयमा सांसदले उठाएका प्रश्नको विषयमा जवाफ दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको विशेष समयको बैठकपछि उनले ‘सदनमा शून्य समय र विशेष समयमा सांसदहरुले गम्भीर विषय उठाउँदै आउनुभएको छ, त्यसको जवाफ सम्बन्धित मन्त्रीबाट होस्’–भने ।

सभामुख महराले भने–‘सांसदहरुले गम्भीरताका साथ विषयवस्तु उठाउनुभएको छ, त्यसको सम्बन्धित मन्त्रीबाट जवाफ आउने व्यवस्था होस् ।’ रासस