Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


नेपाः राष्ट्रिय पार्टीको अध्यक्षमा विजयप्रकाश सैंजु चयन


0
Shares

महाधिवेशनले यस अघि महासचिव रहेका सैजुलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

महाधिवेशनपछि बसेको वैठकले पदीय जिम्मेवारी बाँडफाँड गर्दै उपाध्यक्षमा गौरी श्रेष्ठ, महासचिवमा कृष्णहरि महर्जन, सचिवमा कस्तुरी श्रेष्ठ, सहसचिवमा महेशमान डंगोल, कोषाध्यक्षमा उत्तमलाल जोशी र सह–कोषाध्यक्षमा नारद बज्राचार्यलाई चयन गरेको छ ।

सदस्यमा उत्पला तुलाधर, केदारप्रसाद जोशी, यज्ञप्रसाद श्रेष्ठ, शरद कसाः, गंगाबहादुर जोशी, रमेशरत्न स्थापित, विष्णुप्रसाद श्रेष्ठ, रत्नबहादुर बज्राचार्य, शान्तप्रकाश श्रेष्ठ, विष्णुभक्त गोपाली, रिजु श्रेष्ठ, भरत साय्मि, भूषणप्रसाद श्रेष्ठ, पवित्र कसाः रहेका छन् ।

अनिल सुवाल, भूप्रकाश जोशी, जियम श्रेष्ठ, पुष्पहिरा तुलाधर, मदन तण्डुकार, पुष्परत्न तुलाधर, शिला साय्मि, शिवराम अमात्य, सुन्तलाकाजी श्रेष्ठ, रामभोला महर्जन, डा. रमेशकुमार श्रेष्ठ, हरिशंकर रंजित, मंगला कारंजित, लक्ष्मीबहादुर सैंजु, सुरेन्द्र नापित, केदार चित्रकार, सजिना मानन्धर, अम्बिका गुरुवाचार्य, एकाराम सिँह, रामहरि रंजित, पूर्णरत्न बज्राचार्य पनि सदस्यमा निर्वाचित भएका छन् भने ।

यसअघि कार्यवाहक अध्यक्ष रहेकी सूवर्णकेशरी चित्रकारलाई वरिष्ठ नेता छनोट गरेको छ भने १७ सदस्यीय सेक्रेटरीयल कमिटी पनि बनाएको छ ।

पहिचानको आधारमा १० प्रदेश र एउटा गैर भौगोलिक प्रदेश सहित ११ प्रदेश बनाउनु पर्ने संघीयताको मुद्दा लिएर अग्रसर हुने नीतिगत निर्णय गर्दै सम्पन्न महाधिवेशनको उद्घाटन भने शताब्दि पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले गरेका थिए ।

कवि दुर्गालाल, डा.महेशमान श्रेष्ठ, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकार, ज्यापु महागुथीका अध्यक्ष राजभाई जकःमि लगायत जातीय संघसंस्थाको प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका थिए ।

वि.स. २०६४ मा स्थापित नेपाः पार्टीले दुईवटै संविधानसभामा समानुपातिक प्रतिनिधित्व गरेको थियो भने स्थानीय तह निर्वाचन वहिष्कार गरेको थियो ।