Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेपाली महिला फुटबल टोलीले भारतमा चार देशबीच मैत्रीपूर्ण खेल खेल्ने


0
Shares

काठमाडौं, माघ ८ । नेपाली महिला फुटबल टोलीले भारतमा चार देशबीच मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

आगामी माघ २४ गतेदेखि भारतको भुवनेश्वरमा नेपालले आयोजक भारत, म्यानमार र श्रीलंकासित मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

महिला साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले उक्त मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार जनाएको छ ।

नेपालले साफ च्याम्पियनसिप आयोजना गर्दैछ । साफ च्याम्पियनसिप फागुन २८ गतेदेखि विराटनगरमा हुँदैछ ।

साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् ।