२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


सामान्य परिवारमा रु ६१ अर्ब बराबरको बिद्युत बिल ! ‘घरको लाइनसमेत काटियो’


0
Shares

झारखण्डस्थित जमशेदपुरस्थित बिर.आर गुहाको परिवारलाई गत आइतबार झारखण्ड बिद्युतिय आयोगको कार्यालयले ३८ बिलियन भारु (करिव ६१ अर्ब रुपैयाँ) बराबरको बिद्युत बिल दिएको समाचार संस्था ‘एएनआइ‘ले उल्लेख गरेको छ ।

गुहाको परिवारले उक्त रकम तिर्न नसक्ने भन्दै घरको बिद्युत लाइनसमेत बिद्युत कार्यालयका कर्मचारी आएर काटिदिएको बताएका छन् ।

 

बिर.आर गुहाले जिवनमा कहिलेपनि नसोचेको घटना भएको बताए । उनले भने, ‘मेरो घरमा तीन ओटा कोठा छन्, जसमा तीनओटा पंखा, तीनओटा ट्युबलाइट र एउटामात्रै टिभि छ, यतिधेरै रकमको बिल कसरि आउन सक्छ ?’

गुहाकी छोरी रत्नाले बिल देखेपछि सबैजना अचम्ममा परेको बताए । उनले भनिन्, ‘मेरो आमालाई मधुमेह र बुबालाई प्रेसरकोे समस्या छ, यति धेरै रकमको बिलले हामिलाई झन् तनाब बनाएको छ ।’

रत्नाले छिमेकीको सहयोगमा झारखण्ड बिद्युतिय आयोगको कार्यालय विरुद्ध प्रहरीमा निवदेन दिएपछि घटनाबारे अनुसन्धान अघि बढेको झारखण्ड प्रहरीले बताएको छ ।