शनिबार रातिदेखि सौराहामा करिब ६०० को हाराहारीमा पर्यटक फसेकामा आइतबार ३०० र सोमबार थप ३०० जनाको उद्धार गरिएको जनाइएको छ ।
सोमबार साँझबाट सौराहामा जमेको पानी सुकेको छ । राप्ती नदी र चित्रसारी खोला सौराहामा पसेपछि यहाँका सबै बस्ती डुबानमा परेको थियो ।
सौराहाका होटल व्यवसायीहरुलाई बाढीबाट करौंडोको क्षति भएको जनाइएको छ ।
पानी सुकेसँगै क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्