
सिएरा लियोनको राजधानी फ्रिटाउन नजिकै गएको पहिरोमा त्यहाँका ५० प्रतिशत घर पुरिएका छन् । पहिरोमा ५० जना भन्दा बढी बेपत्ता भएका छन् ।
उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । अधिकांश घर पहिरोले पुरै पुरिएकाले उद्धारमा कठिनाई भएको छ ।
भारी बर्षापछि पहिरो गएको बताइएको छ । यसैबीच सिएरा लियोनका राष्ट्रपति अर्नेस्ट बाई कोरमाले पहिरोले ठूलो जनधनको क्षति भएपछि मुलुकमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् ।
टेलिभिजनमार्फत सन्देश दिँदै राष्ट्रपति अर्नेस्टले विस्थापित भएकाहरुलाई उचित राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
पहिरो पीडितहरुलाई सुरक्षित स्थानतर्फ सारिनुका साथै खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्