७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने उत्तर कोरियाको योजना


0
Shares

नेता किमले आफू निकट नेता तथा सैन्य अधिकारीलाई प्रशान्त महासागरमा रहेको गुआममा मिसाइल आक्रमणको तयारीबारे जानकारी गराएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

आक्रमण गर्नुअघि नेता किमले त्यहाँको अमेरिकी गतिविधि निरीक्षण गरिरहेको दाबी गरिएको छ ।

उत्तर कोरियाको रणनीतिक बलका कमाण्डर गुआममा मिसाइल आक्रमणका लागि अब नेता किमको आदेशको पर्खाइमा रहेको दाबी गरिएको छ ।

अमेरिकाले केही कदम चाल्ने बित्तिकै नेता किमले मिसाइल आक्रमणका लागि आदेश दिने सम्भावना रहेको बताइएको छ ।

गत हप्ता उत्तर कोरियाले गुआममा चार वटा मिसाइल आक्रमण गर्ने तयारी गरेको जनाएको थियो । गुआममा अमेरिकी बम वर्षक विमान तथा हतियारको भण्डार छ ।

अमेरिकाले पनि उत्तर कोरियाले आफ्नो गतिविधि नियन्त्रणमा नराखे सैन्य कारवाहीका लागि तयारी अवस्थामा रहेको र त्यो अवस्था आए उसले गम्भीर मूल्य चुनाउनुपर्ने चेतावनी दिँदै आएको छ ।(एजेन्सी)