१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


चीनद्वारा नेपाललाई १० लाख अमेरिकी डलर सहयोग घोषणा


0
Shares

चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङ भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको नौ तले दरबार पुनःनिर्माण शुभारम्भ गर्न जाने क्रममा । तस्वीर : रासस ।

मंगलबार राजधानीमा शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन् । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन् ।

वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन् ।

लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी छन् । (रासस)