७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


असुरक्षा मच्चाउने विदेशीसँग लड्न भारत सक्षम छ : मोदी


0
Shares

यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गर्नेछन् । स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका छन् ।

उनीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा रहेको बताउँदै नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित छ, भने ।

उनले भारतको विपक्षमा लाग्ने र भारतीय भूमिमा असुरक्षा मच्चाउन प्रयास गर्ने जो सुकै विदेशी होस् वा स्वदेशीलाई पनि भारतले नछोड्ने बताए । त्यस्तो शक्तिका विरुद्धमा लड्न भारत पूरै सक्षम रहेको उनले बताए ।

भारतका मिडियाहरुले चीन र भारतका बीचमा पछिल्लो समयमा सीमा क्षेत्रमा तनाव बढिरहेको भनिएका बेला उनको यो अभिव्यक्ति आएको भनी टिप्पणी गरेका छन् ।

भारतले मंगलबार (आज) आफ्नो ७१ औं स्वतन्त्रता दिवस मनाउदै छ । यसका लागि भारतका विभिन्न क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको समाचारमा जनाइएको छ ।

‘समुद्र होस् वा सीमा, साइबर होस् वा अन्तरिक्ष जुनसुकै हिसाबले पनि हामी सक्षम छौँ र जुनसुकैका विरुद्धमा पनि हामी लडन् सक्छौँ’ उनले सो सम्बोधनका क्रममा भनेका छन् ।

उनको यस अभिव्यक्तिलाई हाल चीनसँग भएको भनिएको विवादका बीच दिएको र उक्त सम्बोधन चीनतर्फ पनि लक्षित रहेको अर्थ लगाएका केही विश्लेषकहरुको दाबी छ ।

पाकिस्तानसँग पनि सन् १९४७ देखि नै भारतको सीमा विवाद रही आएको छ । जसका कारण पाकिस्तानसँग पनि भारतले युद्ध गरिसकेको छ ।

भारतले पाकिस्तानलाई आतंककारीहरु आफ्नो देशतर्फ पठाएको आरोप लगाउने गरेको छ । तर, यसलाई पाकिस्तानले भने स्वीकारेको छैन । रासस/एएफपी