
काठमाडौं । नेपालका अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकारको लागि अझै धेरै काम गर्न बाँकी रहेको एक कार्यक्रमका बक्ताहरुले धारणा राखेका छन् ।
नेपाल अपाङ्ग महिला संघको १९ औं साधारण सभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उक्त धारणा राखिएको हो ।
सभाकै अवसरमा देशका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरुको सवालमा राष्ट्रिय सम्मेलन पनि आयोजना गरियो ।
कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले संस्थाले अपाङ्गता भएका महिलाहरुको लागि छात्रावासको व्यवस्था गर्नुको साथै उनीहरुको न्यायको लागि काम गर्दै आएको बताइन् ।
त्यसैगरी एलाएन्स फर सोसल डाइलगकी कार्यक्रम अधिकृत नितु पोखरेलले संस्थाले अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकार सुनिश्चित गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।
संस्थाकी संस्थापक अधयक्ष रामा ढकालले संस्थाले आगामी दिनमा पनि सबै प्रकारका अपाङ्गता भएका महिलाहरुका लागि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा बहस आवश्यक रहेको बताइन ।
उनले सल्लाह सुझाब दिन अनुरोध गर्दै सुझाबका आधारमा सबै प्रकारका अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकारको लागि काम गर्ने बताइन ।
त्यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका शाखा अधिकृत ओम भट्टराईले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्नका लागि मन्त्रालय मार्फत स्थानीय निकायहरुलाई निर्देशन दिएको बताए ।
कार्यक्रमा काठमाण्डौं महानगरपालिकाकी उपमेयर हरीप्रभा खड्गीले काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि बजेट विनियोजन गरेको बताउँदै सरोकारवाला निकायका रहेक भवनहरु अपाङ्गतामैत्री बनाउनु पर्ने बताइन ।
कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश नं ३ का सभा सदस्य कुशुम कुमार कार्कीले अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार सुनिश्चित गर्नको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिए ।
सोही अवसरमा नेपाल आइडलको उत्कृष्ट ११ र भारतको जिटिभी मार्फत प्रशारण हुने रियालिटि सो सारेगमपमा पनि ११ औं स्थानसम्म पुग्न सफल दृष्टिविहिन महिला मेनुका पौडेल, संस्थाका कर्मचारीहरु दिपा खानाल र मोरङ्ग जिल्लामा रहेर काम गर्ने कर्मचारी मिना आचार्यलाई सम्मान पनि गरिएको थियो ।
सो कार्यक्रमको सञ्चालन नेपाल अपाङ्ग महिला संघकी महासचिव मिना पौडेलले गरेकी थिएन ।
प्रतिक्रिया दिनुहोस्