अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन सोमबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १२ सय ७९ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्