यो सुविधा मंगलबार (आज)देखि आगामी कात्तिक २७ गतेसम्म लागू हुनेछ । ‘अब सियुजी सुविधा प्रयोग गरी एउटै सियुजी प्याकेजअन्तर्गत रहेका कर्पोरेट ग्राहकले एक–अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्न सक्नेछन्, साथै, कर्पोरेट युजर ग्रुपबाहेक नेपाल टेलिकमकै नेटवर्कभित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइनेछ’, टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुनेगरी करसहित ४००, ७००, १००, १३०० र १६०० रुपैयाँको विभिन्न दरका सियुजी प्याकेजहरु उपलब्ध गराएको छ ।
सबैभन्दा सस्तो प्याकेज ४०० रुपैयाँमा उपलब्ध हुनेछ । यसअन्तर्गत सियुजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइनेछ ।
त्यसैगरी, ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिनेछ । योबाहेक एकहजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइनेछ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिनेछ ।
जिएसएम पोष्टपेड कर्पोरेट ग्राहकलाई लक्षित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जिएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्नेछन् ।
कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सियुजी प्याकेज उपलब्ध गराइनेछ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने छ । रासस









प्रतिक्रिया दिनुहोस्