बाँकेमा बाढीले बगाउँदा दुईजनाको मृत्यु • Image Khabar Image Khabar


बाँकेमा बाढीले बगाउँदा दुईजनाको मृत्यु


Imagekhabar
१८ असार २०७५, सोमबार ०३:०९

बाँकेमा बाढीले बगाउँदा दुईजनाको मृत्यु

नेपालगन्ज, असार १८ । शनिबारदेखि निरन्तर परेको वर्षाले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत्को जनजीवन प्रभावित भएको छ ।

उपमहानगरपालिकाअन्तर्गत् बेलासपुर, धम्बोझी, सेतु विकचोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँकेगाउँलगायत स्थानमा पानी जमेर आवत–जावतमा समस्या भएको छ ।

बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

बाँकेको वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठीनालामा आएको बाढीले बगाउँदा सोमबार दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ७२ वर्षीय तुलबहादुर बुढा र बैजनाथ–५ का ३५ वर्षीय लोकबहादुर सुनार रहेका प्रहरीले जनाएको छ ।

आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्