
टापुको मुख्य शहर फुङ्सलमा आयोजित रोमन क्याथोलिक पर्वको कार्यक्रमका क्रममा एक्कासी रुख ढल्दा अन्य ४९ जना घाइते भएका छन् ।
हजारौं मानिस जम्मा भएको स्थानमा रुख ढलेको हो । रुख ढल्दा केही सवारी साधनमा पनि क्षति पुगेको छ ।
ढलेको रुख २ सय वर्ष पुरानो भएको बताइएको छ । यसैबीच पोर्चुगलका प्रधानमन्त्री एन्टिनियो कास्टाले घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।
गतवर्ष पनि रोमन क्याथोलिक पर्वकै बेला पोर्चुगलको जंगलमा आगलागी भएका कारण पर्व नै स्थगित गरिएको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्