२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु


0
Shares

रुपन्देही, माघ ८ । रुपन्देहीको ओमसतिया गाँउपालिका–२ पडसरी चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय रन्जित कुमार मदेशिया र पछाडी सवार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का २६ वर्षकै अमित बानियाँ छन् । घाईते दुवैको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

गएराति पौने १२ बजे भारतीय नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिएको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ ।