७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


फिलिपिन्समा लागुऔषध तस्करविरुद्धको कारबाहीमा एकैदिन ३२ जना मारिए


0
Shares

लागुऔषध तस्करविरुद्धको कारबाहीमा एकैदिन यति धेरैको मृत्यृ भएको पहिलो घटना भएको अधिकारीहरुले जनाएका छन् ।

मंगलबार राजधानी मनिलादेखि उत्तरी क्षेत्रमा हतियारधारी शंकास्पद लागुऔषध तस्करहरुविरुद्ध प्रहरीले छापा मारेको थियो ।

१०० भन्दा बढीलाई पक्राउ गरिएको र ठूलो परिमाणमा लागुऔषध र हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्रपति रोड्रिग्गो डुटेर्तेले लागुऔषध तस्करविरुद्ध सन् २०१६ देखि सुरु गरेको विवादास्पद अभियानपछि हजारौंको मृत्यु भएको छ । (एजेन्सी)