Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सप्तरीका बाढीपीडितलाई माओवादी केन्द्रले विशेष राहत उपलब्ध गराउँछ : दाहाल


0
Shares

बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्न बुधबार सप्तरी आइपुगेका अध्यक्ष दाहालले बाढीबाट मृत्यु भएकाका परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय सरकारले गरिसकेको भन्दै त्योबाहेक माओवादी पार्टीले पनि विशेष राहत उपलब्ध गराउने बताए ।

दाहालले राजविराज नगरपालिका वडा नम्बर–१५ देउरी–भरुवाका बाढीपीडित डोमी यादवको परिवारसँग भेटघाट गरेका थिए ।

अध्यक्ष दाहालसहित गृहमन्त्री जनार्दन शर्मा, आपूर्तिमन्त्री शिवकुमार मण्डललगायत सम्मिलित टोलीले बुधबारै जिल्लाको कंकालनी हनुमाननगर नगरपालिका–११ स्थित इनर्वाका बाढीबाट विस्थापित परिवारसँगसमेत भेटघाट गरेको थियो ।