Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बुधबार नेप्से सामान्य अंकले सुधारियो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंकले सकारात्मक रहेर अंकले बढेर १६ सय ३२ पुग्यो ।

कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहे । बिमा, होटल, विकास बैंक, वाणिज्य बैंक र अन्य समूह सकारात्मक रहे । बिमा समूह सबैभन्दा उच्च ७५ अंकले उकालो लाग्यो ।

अरु समूह सामान्य अंकले हरियो रहेका हुन् । उत्पादनमूलक, जलविद्युत् र वित्त संस्था भने ओरालो लागे । उत्पादनमूलक समूह ५३ अंकले ओरालो लागे पनि जलविद्युत् र वित्त समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५८ कम्पनीको १६ लाख ५४ हजार कित्ता सेयर ७२ करोड रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।