भेटवार्तामा महासंघ अध्यक्ष राणाले विस्तारै समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको नेपालका लागि चिनियाँ सरकार तथा त्यहाँको निजी क्षेत्रको सहयोग यतिखेर खाँचो रहेको बताइन् ।
अध्यक्ष राणाले हाम्रो क्षमता अभिवृद्धि, लगानी प्रवद्र्धन वा नेपालभित्र पर्याप्त आर्थिक अवसरहरुको सिर्जना गर्न अझ बढी चिनियाँ सहयोग नेपाली निजी क्षेत्रले खोजी रहेको स्पस्ट पारिन् ।
सो अवसरमा चिनियाँ उपप्रधानमन्त्रीले नेपाली निजी क्षेत्रसँगको भेटवार्ता आफ्ना लागि अत्यन्त महत्वपूर्ण भएको बताएका थिए ।
चीन–नेपालबीचको आर्थिक सहकार्य एवं आर्थिक सम्बन्ध निरन्तररुपमा अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्