समितिको आज बसेको बैठकले प्रभावित क्षेत्रमा महामारीको जोखिम बढ्दै गएको भन्दै संक्रामक रोग फैलन नदिन औषधिसहित चिकित्सकलाई पठाउन निर्देशन दिएको छ ।
विपद् व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्न नसकेको निष्कर्ष निकाल्दै समितिले बाढी प्रभावित क्षेत्रमा तत्काल पीडितको सुरक्षा र आवासको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिका सदस्यहरुले पूर्व तयारी नहुँदाको शिकार जनताले भोग्नुपरेकाले भविष्यमा बाढीबाट हुनसक्ने जोखिमलाई कम गर्न ठोस कार्यक्रम तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्