उतार–चढावबीच बजार परिसूचक नेप्से करिब ३ अंक बराबरले ऋणात्मक रही १६ सय २९ कायम भएर थामियो ।
जलविद्युत् र वाणिज्य बैंक समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागे । उत्पादनमूलक समूह ५९ अंकले झर्यो भने बिमा समूहमा ३८ अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६६ कम्पनीको ३२ लाख १५ हजार कित्ता सेयर ७५ करोड ७० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्