Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


निजी क्षेत्रद्वारा श्रम ऐन र सामाजिक सुरक्षा ऐनको स्वागत


0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा महासंघसहित ट्रेड युनियनले ती ऐनको स्वागत गरेका हुन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ती दुई ऐन पारित भएसँगै रोजगारदाता र मजदुरबीचको सम्बन्ध राम्रो हुने बताए ।

औद्योगिक क्षेत्रको उत्पादन बढाउन ती ऐन कोशेढुंगा बन्ने उनको भनाइ थियो ।

महासंघ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारदाता र मजदुरबीच रहँदै आएको ‘ग्याप’ हटाउन ऐन सफल भएको बताए ।

यस्तै, ट्रेड युनियन कांग्र्रेसका अध्यक्ष खिलनाथ दाहालले २० वर्षदेखिको प्रयास सफल भएको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक एवं अनौपचारिक क्षेत्रलाई समेटेको उनले बताए ।

जिफन्टका अध्यक्ष विष्णु रिमालले ती ऐन पारितसँगै रोजगारदाता र श्रमिक दुबैको जित भएको बताए ।