Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


धनगढी स्टार्सलाई ग्लोबल कलेजको प्रायोजन


0
Shares

काठमाडौं, माघ ७ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सहभागी टिम धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ मेनेजमेन्ट काठमाडौंले प्रायोजन गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा धनगढी स्टार्सका मालिक कृष्ण बोहरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र ओझाले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अवधि एक वर्षको हुनेछ ।

सम्झौताअनुसार ग्लोबल कलेजले धनगढी स्टार्सलाई कम्तीमा २० लाख रुपैयाँ नगद प्रायोजन गर्नेछ ।

सोमपाल कामीको कप्तानीमा रहने धनगढी स्टार्स डीपीएल क्रिकेटको नयाँ ‘फ्रेन्चाइज’ टिम हो । यसअघिका संस्करणमा टिम चौराहा धनगढीको नामबाट स्थानीय टिमको सहभागिता रहने गर्दथ्यो ।

डीपीएल क्रिकेटको तेस्रो संस्करण यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा सन्चालन हुँदैछ । यसपटक पनि ६ ओटा फ्रेन्चाइज टिमहरुले प्रतियोगितामा भाग लिँदैछन् ।