थोक बजारका बिक्रेताहरु आफूहरुका कारणभन्दा बिचौलियाबाट उपभोक्ता ठगिएको परेको बताउँछन् ।
तर, हाम्रो अनुगमनमा भने थोकदेखि खुद्रा तहसम्मबाट उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएको पाइएको छ ।
काठमाडौं उपत्यकामा अहिले तरकारीको भाउ छोइ नसक्नु भएको छ । एक हप्ताको अवधिमा तरकारीको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढेको छ ।
कारण बताइएको छ, देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबान । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले नै पनि भाउ बढेको पुष्टि गर्दछ ।
खासगरी गोलभेंडा, काउली, भिन्डीलगायतका तरकारीमा ७० देखि ८० प्रतिशतसम्म भाउ बढेको छ । गत साताभन्दा तरकारीको थोक मूल्यमै पनि २५ देखि ३० प्रतिशत भाउ बढेको देखिन्छ ।
तरकारीको मूल्य वृद्धि हुने समय पनि भएको र तराई क्षेत्रमा आएको बाढीलाई देखाएर खुद्रा व्यापारीले मनलाग्दी भाउ तोकेको समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल बताउँछन् ।
तर, व्यवसायीहरु भने तराईमा आएको बाढी र राजमार्ग अवरोधका कारण उपत्यकामा तरकारी नभित्रँदा भाउ आकासिएको दाबी गर्छन् ।
गत साता कालीमाटी तरकारी बजारमा ५५ रुपैयाँ प्रतिकिलो थोक मूल्यमा बिक्री भएको गोलभेंडा शुक्रबार ८० पुगेको छ भने ६० रुपैयाँ प्रतिकिलोमा बेचिने काउलीको भाउ प्रतिकिलो ८० पुगेको पाइयो ।
अब योक्रम नरोकिने र दसैंसम्म नै तरकारीको मूल्य बढिरहने तर्क गर्छन्, पौडेल । भाउ बढेपनि गत वर्षको तुलनामा यस वर्ष भाउ कम नै बढेको पौडेलको भनाइ छ ।
यता, उपभोक्ता भने थोक, बिचौलिया र खुद्रा व्यापारीका नाममा आफूहरु दैनिक लुटिनु परेको गुनासो गर्दछन् ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्