Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


एनआरएनए मलेसियाको अध्यक्षमा तिवारीको उम्मेदवारी घोषणा


0
Shares

आगामी अगस्ट २७ मा हुने पाँचौ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा तिवारीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । हाल उनी मलेसिया एनआरएनएको उपाध्यक्ष छन् ।

काठमाडौं घर भएका तिवारी विगत १० वर्षदेखि मलेसियामा व्यवसाय गर्दै आएका छन् ।

मलेसियामा रहेका नेपाली समुदायलाई संगठित गर्ने, नेपालीलाई पर्ने समस्या समाधान गर्ने, मलेसियास्थित नेपाली दूतावाससँगको समन्वयमा नेपाली समुदायको हितमा काम गर्ने तिवारीले बताएका छन् ।

मलेसिया नेपालीको प्रमुख रोजगारी गन्तव्यको मुलुक रहँदै आएको छ । मलेसियामा हाल करिब ७ लाख नेपाली विभिन्न पेसा तथा रोजगारीमा रहेको जनाइएको छ ।

मलेसियामा कानुनी, सामाजिक, आर्थिक, राजनीतिकलगायतका झमेलामा परेका नेपालीहरुकलाई हरतरहले सहयोग गर्दै आएको र आगामी दिनमा थप सक्रिय हुने भन्दै उम्मेदवारी दिएको तिवारीले बताए ।

युरोप, जापान, अष्ट्रेलियालगायत देशका एनआरएनले गरेकाजस्तै काम गरेर मलेसियाको एनआरएन संस्थालाई माथि पुर्‍याउने तिवारीले बताए ।

मलेसियामा नेपालीलाई दिइने न्यूनतम् पारिश्रमिकको सीमा बढाउन पहल गर्ने, नेपाली कामदारप्रति मलेसिया सरकारको व्यवहार लचिलो बनाउन दबाब दिने, नेपाली कामदारको हक–हित र मलेसियामा व्यवसाय गर्दै आएका नेपाली व्यवसायी, अध्ययनरत् विद्यार्थीहरुका लागि सहज वातावरण बनाउनेलगायतका योजना तिवारीले अगाडि सारेका छन् ।

निर्वाचित कार्यसमितिको अवधि दुई वर्षको हुनेछ ।