Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


बाढी घटेपछि व्यवसायीहरु काममा फर्किए, भिजेका सामान सडकमै सुकाउँदै


0
Shares

पानीको सतह घटेपछि व्यवसायीले आफ्नो पसल र गोदाममा रहेका सामान निकालेर सुकाउन थालेका छन् । तीन दिनदेखि मौसममा सुधार आएसँगै ब्यापारीहरु आफ्नो बचेको सामानको संरक्षणमा लागेका हुन् ।

अधिकांश व्यापारीको धेरैजसो सामान बाढीले नष्ट भएको छ । बचेको सामान भने उनीहरुले संरक्षण शुरु गरेका हुन् ।

प्राकृतिक विपत्तिले स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ भने कृषि र व्यापार व्यवसायमा पनि ठूलो क्षति भएको छ ।