७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


अमेरिकी राष्ट्रपतिद्वारा रणनीतिक सल्लाहकार टिमका प्रमुख बर्खास्त


0
Shares

राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सारा हकबी सान्डर्सले प्रमुख रणनीतिक सल्लाहकार बेननलाई राष्ट्रपतिले बर्खास्त गरेको पुष्टि गरेकी छन् ।

बेनन शुक्रबार अन्तिम पटक कार्यालय गएका थिए । ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले बेननको पदको समीक्षा गरेपछि बर्खास्त गरिएको बताइएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पका महत्वपूर्ण सहयोगीका रुपमा रहँदै आएका बेननले चुनावी अभियानको क्रममा ‘अमेरिका फर्स्ट’ स्लोगन तयार पारेका थिए ।

चुनावी अभियानमा ट्रम्पको सहयोगीका रुपमा रहँदै आएका बेननले ट्रम्पका पछिल्ला केही नियुक्तिमा असन्तोष जनाउँदै आएको र यसले गर्दा उनी बर्खास्त भएको बताइएको छ । (एजेन्सी)