Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


प्रधानमन्त्रीले आफूलाई निर्मला पन्तको बाबु सोचे मात्र हत्यारा पत्ता लाग्छः प्रवक्ता शर्मा


0
Shares

कञ्चनपुर । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्रीले आफूलाई निर्मला पन्तको बाबु सोचे मात्र हत्यारा पत्ता लाग्ने बताएका छन् ।

आज निर्मलाको घर कञ्चनपुरमा पुग्नुभएका नेता शर्माले घटनामा सरकार गम्भीर नभएको आरोपसमेत लगाए ।

उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनामा भएका कमिकमजोरीहरु थाहा हुँदाहुँदै पनि पुँजीवादको कारण घटना भएको बताउनुले सरकारको उदासिनता प्रष्ट भएको बताए । 

प्रवक्ता शर्माले घटनालाई राजनीतिक रंग दिन नहुने भन्दै काँग्रेसले प्रतिपक्ष मात्र नभई मानवताको नाताले पनि निर्मलाको घटनामा आवाज उठाउदै आएको बताए ।

उनले दोषी पत्ता लगाउन सरकारलाई प्रतिपक्षको साथ आवश्यक परे आफूहरु सहयोग गर्न तयार रहेको भन्दै हत्यारा पत्ता लगाउन सरकार गम्भीर नबने काँग्रेसले देशै ठप्प हुने गरि विरोधका कार्यक्रम ल्याउने चेतावनी समेत दिए ।